मेरो भाषा मेरो गौरब
कुनै पनि देशको पहिचान त्यहाँको संस्कृति, परम्परा र भाषाले गर्छ। त्यसैले आफ्नो पहिचानको लागि मात्र भएपनि आफ्नै भाषाको प्रयोग गर्नुपर्छ । भाषा यस्तो माध्यम हो, जसले व्यक्तिहरू बीच भावना, सीप, कला, आदिको आदानप्रदान गर्नमा मदत गर्छ । त्यसैले आज म यो बल्ग वाट कसरी नेपाली भाषा युनिकोड लेख्ने भन्ने कुरा सिकाउँदै छु।
सबै भन्दा पहिला हामीलाई रोमन रोमनाईज नेपाली युनिकोड चाईन्छ। यसको लगि हामीले यो link बाट सजिलै download गर्न सक्छौ।
त्यस पछि यसलाई आफ्नो कम्पुटरमा install गर्ने।
अनि अब आफ्नो कन्ट्रोल प्नलको Regional and Language setting को keyboard and language setting को टाबमा जाने र change keyboard मा क्लिक गर्ने।
त्यस पछि आएको नयाँ विन्डोमा आफ्नो नेपाली भाषालाई add गर्ने र साथै रोमनाईज नेपाली भाषालाई पनि add गर्ने।
अब तपाईको टास्क बार Taskbar मा यस्तो चित्र आउँछ । अब तपाई आफ्नो keyboardको देब्रे तिरको shift र Alt लाई एकै चोटि दाबेर नेपाली तथा अग्रेजी भाषा छनोट गर्न सक्नुहुन्छ ।

अन्य जानकारी को लागि http://www.mpp.org.np भ्रमण गर्नु होला ।