आमन्त्रीत ब्यक्तीको भनाईः

माईक्रोसफ्ट स्वाभिमानको आफ्नो चौथो वर्षको उपलक्ष्यमा यसले सञ्चालन गरेको ३ दिने कार्यक्रमले मलाई निकै नै उत्साहित गरायो । यस कार्यक्रमको मुख्य उदेश्य देशमा आईसीटी क्षेत्रमा विकास गरी नेपाललाई ई–गभरनेन्स बनाउने रहेको जस्तो लाग्यो । अझ एलेन बाइलोचन तुलाधरले प्रस्तुत गरेको १०८ मन्त्र सुन्दा त यदि उक्त कुराहरु पुरा भएमा छलाङ नै मार्ने थियो जस्तो लाग्यो । साच्चै नै नेपाल सरकारले यस क्षेत्रमा कुनै चासो देखाएको त छैन यदि सरकारले यस क्षेत्रलाई विशेष ध्यान दिएमा ई–गभरनेन्स नहुने कुरामा दुई मत नहोला । नेपालको हरेक गाउँ–गाउँमा टेलिसेन्टरहरु स्थापना गर्ने त्यसको उचित किसिमले सञ्चालन गर्ने हरेक बालबालिकालाई विद्यालयमा कम्प्यूटर शिक्षा अनिवार्य गराउने एक घर एक कम्प्यूटर अभियान चलाउने र त्यसको लागि सरकारले विशेष अभियान सञ्चालन गर्ने हो भने यस क्षेत्रको विकास अवश्य हुने थियो । अन्तत यो र यस्तो कार्यक्रमहरु शहर बजारमा मात्र केन्द्रीत नभएर गाउँ–गाउँमा पनि सञ्चालन हुने हो र सम्पूर्ण  मानिसलाई यसमा सहभागि गराउन सकिएमा यसको उदेश्य हासिल गर्न सहयोग पुग्ने थियो भन्ने आशय ब्यक्त गर्न चाहन्छु ।

(P.N.)

Posted: 04-25-2009 10:39 AM by swaabhimaan